यसवर्ष एसइई परीक्षा नलिने सरकारको निर्णय

Spread the love

काठमाडौँ । यसवर्ष एसइइको नियमित परीक्षा नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय गरेको हो । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए ।

गत चैत ६ गते हुने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित भएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप २५० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४,६१४ पुग्यो

२०७७ जेष्ठ २९, बिहीबार ०२:२८
Spread the loveकाठमाडौं । नेपालमा बिहीवार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । यो संगैनेपाल नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ […]