• Wed. Nov 25th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सरकारी कार्यालय दुई सिफ्टमा, निजी सवारी सम्बन्धित जिल्लाभित्र मात्र संचालन गर्न दिने सरकारको निर्णय

ByHT

Jun 11, 2020
Spread the love

काठमाडौं । सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ, सूचना एवं सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को बैठकले असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

सरकारी कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मन्त्रालयले जारी गरेको जनस्वास्थ्यसम्बन्धी र गृह मन्त्रालयले जारी गरेको सुरक्षासम्बन्धी प्रोटोकलको पालना गर्नुपर्ने उनले बताएका छन् । त्यस्तै बैठकले संक्रमण बढ्दै गएको भन्दै तत्काल सार्वजनिक सवारी सञ्चालन नगर्ने निर्णय गरेको छ । निजी सवारी साधन भने जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।

उनका अनुसार सवारी साधनमा चढ्दा गाडीको सिटको एकतर्फको सिटमा एकजना मात्र बस्नु पर्ने र मास्क अनिवार्य लगाउनुपर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यस्तै निजी सवारी एक जिल्लाबाट अर्को जिल्लामा नभई आन्तरिक मात्र संचालन गर्न पाइने छ ।

सरकारले शैक्षिक संस्था (विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर र तालिम केन्द्र), अनुमति प्राप्तबाहेक आन्तरिक र अन्तराष्ट्रिय उडान, तोकिए बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत,(सबै प्रकारका तालिम, गोष्टी, सभा र सेमिनार, सबै प्रकारका प्रदर्शन भेला र सम्मेलन, सिनेमाहल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, शैलुन र ब्युटीपार्लर, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, सबै धार्मिक तथा सार्वजनिक स्थलहरु, यात्रुबाहक सवारी साधन संचालनमा पनि रोक लगाएको छ । काठमाडौं उपत्यकाको हकमा उपत्यका भित्र र अन्य जिल्लाको हकमा सोही सम्बन्धित जिल्ला भित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुनेछन् ।

मन्त्रिपरिषद्ले नेपाल–भारत सीमा सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *