• Wed. Oct 21st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप २७३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५,३३५ पुग्यो

ByHT

Jun 13, 2020
Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा गरी २७३ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या ५, ३३५ पुगेको छ । त्यसैगरी ९१३ जना डिस्चार्ज भएका छन् ।

यसैबीच, पर्साको वीरगंजमा मृत भेटिएका एक पुरुषको पनि परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको छ भने बाराको निजगढका पाँच वर्षीय बालकको पनि मृत्यु भएको छ । शुक्रबार उपचारका लागि अस्पताल लगिएकोमा सुरुमा आरडिटी रिपोर्ट आएको र पीसीआर परीक्षणको रिपोर्ट नआउँदै उनको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछि रिपोर्टमा उनको पनि कोरोना पोजेटिभ देखिएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *