• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्छः उपेन्द्र यादव

ByHT

Jun 13, 2020
Spread the love

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुलाई जनतासामु माफी माग्न आग्रह गरेका छन् । शनिबार संविधान संशोधन विधेयकमाथिको छलफलमा यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताएका हुन् । उनले महाकाली सन्धी गर्दा मुहानको टुंगो किन लगाइन भन्दै प्रश्न समेत गरे । नेपालको नक्सा पहिले चुच्चो भएपनि पछि गायब भएको उल्लेख गर्दै उनले यो कसको पालामा किन भएको हो त्यसको जानकारी सदनमा हुनुपर्ने बताए ।

कालापानी क्षेत्रमा ६० वर्षबाट भारतले विभिन्न संरचना निर्माण गरी सेना राखेको उल्लेख गर्दै उनले सन् १९६५ मा पनि सन्धी भएको कुराहरु बाहिर आएकाले यो विषयमा सरकारले जवाफ दिनुपर्ने बताए । नश्लवादी मानसिकता त्यागेर आन्तरिक राष्ट्रियतालाई बलियो बनाएमात्रै राष्ट्रिय एकता बलियो हुने उनले बताए । राष्ट्रवादको भावना टुट्यो भने कुनै पनि सेना, सरकार र संविधानले रोक्ने नसक्ने उनले बताए । नीतिगत कुराहरु आफ्नो ठाउँमा भएपनि राष्ट्रियता र देशभक्तिको सवालमा आफ्नो दल बलियो रहेको उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *