विदेशमा अलपत्र नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारलाई गैरआवासीय नेपाली संघको आग्रह

Spread the love

काठमाडौं । गैरआवासीय नेपाली संघले बिहीवारसम्म विदेशमा अलपत्र परेका ५ सय भन्दा बढी नेपालीको उद्धार गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार बिहीबार मात्र कुवेत सरकारको सहयोगमा २९९ जना नेपाली स्वदेश फर्किएका जानकारी दिएका छन् । अध्यक्ष पन्तका अनुसार कुवेतको घर फिर्ति शिविरमा थप २ हजार ९ सय ९१ जनालाई हरेक दिन दुई उडान गरी फर्काउने तयारी भएको छ । गैरआवासीय नेपाली संघ कुवेत र नेपाली दुतावासको समन्वयनमा उनीहरुलाई नेपाल फर्किन सहयोग गरिएको थियो ।

अहिलेसम्म म्यानमारबाट २६ जना, खाडी मुलुक दुबईबाट १६८ जना, अस्ट्रेलियाबाट ११ जना, जापानबाट ७ जना, कुवेतबाट २९९ जना गरि पछिल्लो समय ५ सय ११ जनालाई उद्धार गरिसकिएको संघले जनाएको छ । कोरोना भाइरसको संक्रमण पछि महिला, बालबालिका लगायत निकै कष्टकर अवस्थामा रहेका नेपालीको सहयोगका निम्ति गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदले एनसीसी, कुवेत र युएईलाई ६ हजार डलर सहयोग गरेको थियो ।

अध्यक्ष पन्तले बाँकी अन्य नेपालीको उद्धारको लागि यथाशीघ्र पहल गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । विभिन्न मुलुकबाट कुल ५० हजार ९३ जनाले निवेदन दिएकोमा प्राथमिकताका आधारमा परराष्ट्र मन्त्रालयले चाटर्ड विमानमार्फत २४ हजार १४८ जनालाई मात्र फिर्ता ल्याउन सिफारिस गरेको छ । कोभिड १९ को प्रभावका कारणले मलेसिया र खाडी देशमा मात्र करिब २० हजार नेपाली पहिलो चरणमा उद्धारको पर्खाइमा रहेका छन् ।

यस्तै संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार कोभिड १९ को ठूलो प्रभाव रहेका ११ मुलुकमा संघले करिब ७० लाख रुपैयाँको आर्थिक सहयोग गरेको छ । यसअघि गैरआवासीय नेपाली नेपाली संघले अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारको लागि सहयोग गर्न आफ्ना विदेशस्थित शाखा (राष्ट्रिय समन्वय परिषद्) लाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतमा तीन लाख भन्दा बढीलाई कोरोना संक्रमण

२०७७ जेष्ठ ३१, शनिबार ०५:२७
Spread the loveभारतमा कोरोनाभाइरसबाट तीन लाखभन्दा बढी जना सङ्क्रमित भएका छन् । भारतको आर्थिक राजधानी समेत रहेको मुम्बई सम्मिलित महाराष्ट्र र राजधानी नयाँ दिल्ली कोरोनाको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभाबित छन् । पछिल्लो चौबिस घण्टामा ३८६ जनाको मृत्यु भएको हो । लकडाउन खुकुलो गरेपछि दैनिक औसतमा दश हजार भन्दा बढी नयाँ […]

समाचार छुट्याे की?