संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित

Spread the love

काठमाडौं । नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट दुईतिहाई भन्दा बढी मतले पारित गरेको छ । शनिबार प्रतिनिधिसभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पेश गरेको नेपालको संविधान (दोस्रो) संशोधन विधेयक २०७७ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

नयाँ नक्सालाई संविधानमा रहेको निशान छापमा समेट्ने संविधान संशोधन विधेयक पारितका लागि भएको मतबिभाजनमा उपस्थित २५८ जनामध्ये पक्षमा २५८ र विपक्षमा मत नै परेन । २५८ जनाले नै पक्षमा मतदान गरेकाले संविधान प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी पार्टी, नेमकिपा र राष्ट्रिय जनमोर्चाले संविधान संशोधनको पक्षमा मतदान गरेका हुन् । नयाँ नक्सा जारी भएसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सा अद्यावधिक भएकाले संविधान संशोधन गरिएको हो । ७ जेठको मन्त्रिपरिषदले पारित गरेको नेपालको नयाँ नक्सा ९ जेठमा सार्वजनिक गरिएको थियो । नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाकाली सन्धी गर्नेहरुले जनतासामु माफी माग्नुपर्छः उपेन्द्र यादव

२०७७ जेष्ठ ३१, शनिबार १२:१४
Spread the loveकाठमाडौं । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुलाई जनतासामु माफी माग्न आग्रह गरेका छन् । शनिबार संविधान संशोधन विधेयकमाथिको छलफलमा यादवले सुगौली सन्धीभन्दा राष्ट्रघाती महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने बताएका हुन् । उनले महाकाली सन्धी गर्दा मुहानको टुंगो किन लगाइन भन्दै प्रश्न समेत गरे । […]