• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

ByHT

Jun 13, 2020
Spread the love

काठमाडौं । कोरोना रोकथामका लागि सरकारले गरेको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै शनिबार पनि माइतीघरमा प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको भनेपनि त्यसको विवरण पारदर्शी नभएको भन्दै प्रदर्शन गरिएको हो । नेपालको अद्यावधिक नक्सा सहित प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

बिहान १० बजेटबाट १२ बजेटसम्म प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रहरीको आग्रहमा आधाघण्टा अगाडी नै प्रदर्शन सकिएको थियो । सरकारले कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको भन्दै केही दिनदेखि देशभर प्रदर्शन भइरहेको छ । विरोध भएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेको छ ।
फोटो सगुन लावतीको फेसबुकबाट

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *