पर्वतमा पहिरोमा बेपत्ता मध्ये पाँच जनाको शव फेला

Spread the love

पर्वत । शनिबार राति पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोमा पुरिएका मध्ये ५ जनाको शव फेला परेको छ । घटनास्थलमा उद्धारका लागि पुगेका सुरक्षाकर्मीहरुको टोलीले गएराति ३ जनाको शव र आइतबार बिहान दुई जनाको शव निकालेको हो ।

तुलबहादुर थापा, उनकी श्रीमती निमकुमारी थापा र नातिनी बिविसा थापाको शनिबार राती नै शव फेला परेको थियो । तुलबहादुरका नातिनातिनाहरु विवेक, कृपा र सुनिल थापा अझै बेपत्ता छन् । परिवारका सबैजना सुतिरहेको अवस्थामा खसेको पहिरोले सबै पुरिएका हुन् । पहिरोमा बेपत्ता अन्य चार जनाको खोजीकार्य आइतबार बिहानैदेखि जारी छ ।
गएराति भीषण वर्षापछि दुर्लुङस्थित काफलचौर माध्यमिक विद्यालय नजिकैको बस्तीमा पहिरो खसेको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेइजिङमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि लकडाउन सुरु

२०७७ जेष्ठ ३२, आईतवार ०३:४९
Spread the loveचीनको राजधानी बेइजिङमा पहिलो कोरोना भाइरस संक्रमण फेला परेपछि दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकारले कडा लकडाउनको घोषणा गरेको छ । बेइजिङमा देखिएको प्रकोप शहरकै सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको पाइएको छ । सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको परीक्षण […]

समाचार छुट्याे की?