‘क्वारेन्टाइनमा बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतियो’

Spread the love

काठमाडौं । नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टाइनमा रहेकी महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कारबाही गर्न माग गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गरी कैलालीको क्वारेन्टाइनमा बलात्कारको घटना हुनु अत्यन्तै निन्दनीय र गम्भीर भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कैलालीको घटनामा दोषीलाई कानूनी कार्वाही संगसंगै क्वारेन्टाइनहरुको बेथितिमा सरकारले आफ्नो अयोग्यताको अनुहार हेर्न जरुरी छ । मापदण्ड विपरीतका अव्यवस्थित क्वारेन्टाइनहरु कोरोना संक्रमण विस्तारको केन्द्र बन्दै गएका छन् । अब्यवस्थाका कारण देशका विभिन्न क्वारेन्टाइनबाट नागरिक भागेका छन् । क्वारेन्टाइन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको छ र अन्ततः बलात्कारसम्मको घटनाले कम्युनिस्ट सरकारको शासकीय क्षमताको अनुहारमा कालो पोतिएको छ ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर सम्बन्धी सरकारको पुनरावलोकन निवेदन सर्वोच्चद्वारा खारेज

२०७७ असार १, सोमबार १२:१३
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले लकडाउन खुलेको एक महिनासम्म कर तिर्ने व्यवस्था मिलाउनु भन्ने आदेशविरुद्ध सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन खारेज गरिदिएको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले तत्काल कर नलिन सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै महान्यायाधिवक्ता कार्यालयले दर्ता गराएको […]