नेपाल भारतबीचको सीमा विवाद वार्ताबाटै समाधान हुन्छः रक्षामन्त्री सिंह

Spread the love

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडकबारे नेपालमा असमझदारी पैदा भएको बताएका छन् । सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले धार्चुला–लिपुलेक–मानसरोवर सडकबारे नेपालमा असमझदारी सिर्जना भएको बताएका हुन् । सिंहले मानसरोवर यात्रामा जाने तीर्थयात्रीले पहिले सिक्किमको नथुला पास हुँदै यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अब सीमा सडक संगठन(बीआरओ) ले निर्माण गरेको लिंक रोडमार्फत सहज यात्रा हुने बताए ।

उनले नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै उनले वार्ताबाटै समाधान हुने बताए । उनले नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध रहेको बताए । सिंहले नेपाल र भारतबीच सामाजिक, भौगोलिक र सांस्कृतिक सम्बन्धका साथै आध्यात्मिक सम्बन्ध पनि रहेको बताए । नेपाल र भारतबीच धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको भन्दै उनले भने, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ ?’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिड-१९ बाट उत्पन्न परिस्थितिका सम्बन्धमा कांग्रेसको पत्रकार सम्मेलन LIVE

२०७७ असार १, सोमबार ०९:२५
Spread the love