• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

प्रधानमन्त्रीको कार्यशैलीका कारण कोरोनाले महामारीको रुप लियोः कांग्रेस

ByHT

Jun 15, 2020
Spread the love

काठमाडौं । नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको आरोप लगाएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको बताएका हुन् ।

उनले आरडिटी परीक्षण बन्द गरी पीसीआर परीक्षणलाई व्यापक रुपमा विस्तार गर्न, पीसीआर परीक्षण नगरी क्वारेन्टाइनबाट घर नपठाउन,  असुरक्षित क्वारेन्टाइनहरु बन्द गरी सुरक्षित र मापदण्ड अनुकूलको क्वारेन्टाइनहरुको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यस्तै कांग्रेसले जनतलाई विशेष राहत प्याकेजको व्यवस्था गर्न,  विदेशबाट फर्कन चाहने नेपालीहरुलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गर्न पनि माग गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *