भारत विश्वका चार उच्च सङ्क्रमित हुने देशको सूचीमा

Spread the love

लकडाउन खुकुलो पारिएको हप्तौँपछि र पहिलो सङ्क्रमण देखिएको चार महिनापछि भारतमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या तीन लाख २० हजारभन्दा बढी पुग्दा भारत विश्वका चार उच्च सङ्क्रमित हुने देशको सूचीमा पुगेको छ । ब्रजिल, रुस र अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या भएको देशमा भारत पर्छ ।

तर कोर्नेल विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक कौशिक वसुका अनुसार जनसङ्ख्याको आधारमा सङ्क्रमण हेर्ने हो भने भारत १४३ औँ स्थानमा पर्छ । तर नियालेर हेर्दा सङ्क्रमितको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ । मुम्बई, दिल्ली र अहमदावाद सहरमा अस्पतालमा भर्ना हुने र मृत्यु हुनेको दर बढेको छ । सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहने हो भने यी ठाउँहरू पनि न्यूयोर्क जस्तै थाम्नै नसक्ने हुने एक चिकित्सकले बताएका छन् । यी सहरमा बिरामीलाई भर्ना गर्न अस्वीकार गरेको जस्ता डरलाग्दा खबरहरू आएका छन् । अझै वियोगान्त घटनामा त एकजना बिरामी शौचालयमै मृत अवस्थामा भेटिएका छन् ।

प्रयोगशालाहरूमा चाप बढी हुँदा परीक्षणहरू ढिला भएका छन् वा हुन नपाएर नमुना थन्किएका छन् । भारतको अर्थतन्त्र महामारी अगावै पनि खस्किएको थियो। त्यसैले व्यापार(व्यवसाय बन्द राखेर मानिसहरूलाई बेरोजगार बनाइरहन भारतले सक्दैन । त्यसैले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि भारतले निकै कठिन काम गर्नुपर्नेछ । अर्को शब्दमा भन्दा भारतका ६० प्रतिशत जनसङ्ख्यालाई कोरोनाभाइरस लागेर हर्ड इम्युनिटीमा पुगोस् र आफैँ रोकियोस् भनेर भारत पर्खन सक्दैन ।

भारतको सङक्रमितको मृत्युदर करिब २.८ प्रतिशत रहेको छ । तर त्यो सङ्ख्या विवादस्पद छ। । लन्डन स्कुल अफ हाइजीन र ट्रपीकल मेडिसिनका एडम कुचार्स्कीले मृत्युको सङ्ख्याबाट कुल सङ्क्रमितको सङ्ख्या भाग गर्दा हुने समस्या उपचारमा ढिलाइ भएर मृत्यु भएका वा रेकर्डमै नआएका सङ्क्रमितको सङ्ख्या नसमेट्ने बताए । महामारीको अहिलेको चरणमा सङ्क्रमितको मृत्यु हुने दर हेर्दा त्यसले सरकारलाई गम्भीर नबनाउन सक्छ ।

प्रतिव्यक्ति मृत्युदरले भाइरस कति फैलिएको छ भन्ने बुझ्न गाह्रो हुन्छ किनभने भारतका थुप्रै ठाउँमा भाइरसको असर देखिएकै छैन । एकदमै चिन्तित बनाउने कुरा के छ भने मृत्युको कुल सङ्ख्याको एक तिहाइ त महाराष्ट्र, दिल्ली र गुजरातमा मात्रै छ । अर्थशास्त्री पार्थ मुखोपाध्यायले गरेको नयाँ अध्ययनले भारतमा मृत्यु हुने युवाको सङ्ख्या उमेर अनुसार छुट्याउँदा पहिला सोचिएकोभन्दा बढी देखाएको छ । अप्रिल ३० तारिखसम्म महाराष्ट्र राज्यमा ४० देखि ४९ वर्ष उमेरका मानिसको मृत्यु दर चार प्रतिशत थियो। इटलीमा भने त्यही उमेर समूहमा १० प्रतिशत थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारले खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन नगरेकोमा कांग्रेसको आपत्ति

२०७७ असार १, सोमबार ०८:४२
Spread the loveकाठमाडौं । कासांसदहरुले बिभिन्न प्रदेशमा न्यायोचित र सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकमा विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमध्ये ११ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिदै सांसदहरुले पछाडि परेको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेट्दै न्यायोचित र सन्तुलित बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका हुन् […]