लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले दिएको पछिल्लो जानकारी अनुसार चिनिया सैनिकहरूसँग सोमबार भएको भिडन्तको घटनामा घाइते भएका थप १७ जना भारतीय सैनिकको पनि मृत्यु भएको छ ।
भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको सून्यभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।
मंगलबार केही अघि भारतले गल्वान क्षेत्रमा भएको भिडन्तमा सेनाका एकजना वरिष्ठ अधिकारी सहित तीनजना भारतीय सैनिकको ज्यान गएको पुष्टी गरेको थियो । यो सँगै उक्त घटनामा ज्यान गुमाउने भारतीय सैनिकहरूको सङ्ख्या २० पुगेको छ । चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक भिडन्तको घटनामा चिनियाँ सेना तर्फको हताहतिको बारेमा कुनै विवरण सार्वजनिक भएको छैन ।