• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट विश्वमा ४ लाख ४५ हजार भन्दा बढीको मृत्यु

ByHT

Jun 19, 2020
Spread the love

विश्वमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म मृत्यु हुनेको संख्या ४ लाख ४५ हजार ५३५ पुगेको छ । त्यस्तै कोरोना संक्रमितको संख्या ८२ लाख ४२ हजार ९९९ पुगेको छ ।

कोरोना संक्रमण अहिलेसम्म विश्वका २१६ देशमा फैलिएको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा संक्रमितको संख्या २१ लाख २६ हजार नाघेको छ भने ब्राजिलमा ९ लाख २३ हजार, रुसमा ५ लाख ६१ हजार, भारतमा ३ लाख ६६ हजार नाघेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *