थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८,६०५ पुग्यो

Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोराना संक्रमितको संख्या ८,६०५ पुगेको छ ।

त्यस्तै शनिबार रेडजोनमा तीन जना परेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पीसीआर विधिबाट १ लाख ६९ हजार, आरडिटी विधिबाट २ लाख ५२ हजारको परीक्षण गरिएको छ । त्यस्तै आइसोलेसनमा ७ हजार र डिस्चार्ज हुनेको संख्या १५ सय ७८ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १७६ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारत-चीन विवादमा नेपालको सुझावः विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनु

२०७७ असार ६, शनिबार ११:०१
Spread the loveकाठमाडौं । नेपालले चीन र भारतले सीमा विवाद वार्तामार्फत समाधान गर्ने विश्वास व्यक्त गरेको छ । शनिबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी भारत र चीनबीचको विवादका बारेमा औपचारिक प्रतिक्रिया दिएको हो । नेपाल क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको र देशहरुको विवाद शान्तिपूर्ण रुपमा सुल्झाउनुपर्ने मत नेपालको रहेको […]