• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

सडक पेटीमा सुतेर सरकारको विरोध

ByHT

Jun 20, 2020
Spread the love

काठमाडौं । सडक पेटीमा सुतेर युवाहरुले सरकारको विरोध गरेका छन् । शहिदगेट–सुन्धारा क्षेत्रमा शनिबार युवाहरुले कोरोनाको संकटको बेलामा पनि सरकारले भ्रष्टाचार गरेको, प्रधानमन्त्री आफैं डाक्टर जस्तो बनेर कोरोनाबाट जोगिन बेसार–पानी खान सल्लाह दिएको भनेर युवाहरुले विरोध गरेका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालहरुको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरु शरीरभरि बेसार छरेर भुइँमा लम्पसार परेर र सुतेर विरोध जनाएका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *