थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार नाघ्यो

Spread the love

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । गुल्मीका ६९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । होम क्वारेन्टाइनमा बसेका उनको असार पाँच गते घरमै मृत्यु भएको र स्वाव परीक्षणमा असार ६ गते कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

उनी केही समयअघि प्यारालाइसिसको उपचार गरी भारतबाट फर्किएका थिए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४२१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ ।

आइतबारसम्म पीसीआर विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको र आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण गरिएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकी शुल्क बुझाउन अविभावकहरुलाई निजी विद्यालय सञ्चालकहरुको आग्रह

२०७७ असार ७, आईतवार १०:५७
Spread the loveकाठमाडौं । निजी विद्यालय सञ्चालकहरुले अभिभावकलाई शुल्क तिर्न आग्रह गरेका छन् । आइतबार निजी विद्यालयहरुको छाता संगठन नेशनल प्याब्सन र प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी लकडाउनको बेलाको पनि शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेका हुन् । उनीहरुले कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा चरम आर्थिक संकट भोग्नुपरेको परेको […]