• Sat. Dec 5th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

रियादबाट २४७ जना नेपाली स्वदेश फिर्ता

ByHT

Jun 21, 2020
Spread the love

काठमाडौं । कोरोना संक्रमणको असहज परिस्थितिका कारण एवं साउदी अरबमा आफ्नो करार अवधि पूरा गरी स्वदेश फर्किने क्रममा आइतबार राजधानी रियादबाट २४७ जना नेपाली स्वदेश फर्किएका छन् । यो उडानबाट विगत ६ महिना देखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ जना महिला सहित १२ जना महिला पनि स्वदेश फर्किएका छन् ।

साउदी अरबका लागि नेपालका राजदूत प्रा डा. महेन्द्र प्रसाद सिंह राजपूत तथा नेपाली राजदूतावासका कर्मचारीहरूले उनीहरुलाई विदाई गरेका थिए । वैदेशिक रोजगारीबाट फर्केकाहरुले आफ्नो घरपरिवार, समाज र समग्र मुलुकका लागि आसा र भरोसा जगाउदै मुलुकको विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरेको दूतावासले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *