• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ५३५ जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या २,१४२

ByHT

Jun 22, 2020
Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ९,५६१ पुगेको छ । क्वारेन्टाइनमा रहेनेको संख्या ९० हजार ७ सय ३० रहेको छ ।

त्यस्तै आइसोलेनसमा ७ हजार ७ सय ८९ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै २४ घण्टामा ३७० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको र अहिलेसम्म पीसीआर विधिबाट १ लाख ८१ हजारको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *