भर्चुअल छलफलका बेला भएको घटनाबारे पर्यटन बोर्डले क्षमा माग्यो

Spread the love

काठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल छलफलका बेला भएको घटनाबारे क्षमा मागेको छ । बार्डले विज्ञप्ति जारी गरी मिटिङका क्रममा हृयाक भएर असामान्य परिस्थिति सिर्जना भएको उल्लेख गरेको छ ।

पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको छलफलका दौरान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सम्बोधन गर्ने क्रममा पोर्न भिडियो बजेको थियो । घटना कसरी भयो भन्ने सम्बन्धमा बोर्डले छानविन प्रक्रिया अगाडी बढाइसकेको समेत उल्लेख गरेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कुनै पनि शीर्षकमा शुल्क असुल नगर्न अनेरास्ववियू र नेविसंघको चेतावनी

२०७७ असार ८, सोमबार १२:२९
Spread the loveकाठमाडौं । अनेरास्ववियूले अविभावकहरुसँग गैरकानुनी रुपमा शुल्क असुल नगर्न चेतावनी दिएको छ । सोमबार विज्ञप्ति जारी गरी अनेरास्ववियूले कोरोना कहरका कारण बालबालिका विद्यालय आउन नसकेको अवस्थामा शुल्क असुल नगर्न चेतावनी दिएको हो । यसअघि आइतबार प्याबसन र एनप्याबसनले आफूहरु आर्थिक संकटमा परेको भन्दै यसअघिको शैक्षिक सत्र र नयाँ […]