मेराविरुद्ध अनर्गल प्रचार गरियोः वामदेव गौतम

Spread the love

सबैमा स्पष्ट पारिएको बारे
समस्त शुभचिन्तक महानुभावहरुमा हार्दिक अभिवादन ।

यहाँहरु सबैमा विदितै भएको विषय हो कि, मैले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा हरदम राष्ट्र र राष्ट्रियताका मुद्दामा आफूलाई स्पष्ट रुममा प्रस्तुत गर्दै आएको छु ।

विगतमा भएको असमान महाकाली सन्धि होस् या अहिले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा हाम्रो भूमि अतिक्रमित भएकै सन्दर्भ किन नहोस् म यो विषयमा सधैं स्पष्टताका साथ लागिरहेकोमा कुनै शंका छैन ।

तर, यो विषयको समाधान कुनै फौजी गतिविधिबाट हुन्छ वा हुनुपर्छ भन्ने मान्यता मैले आजसम्म राखेको छैन । हामी हाम्रो भूमि रक्षाका निम्ति जस्तै कठिन संघर्ष र बलिदानी भूमिका निभाउन तयार छौं । तर, सीमा मामिला सुल्झाउने अनेकन मार्ग प्रशस्त हुँदाहुँदै अहिल्यै फौजी विधिबाट अगाडि बढ्ने विषय आउन सक्दैन ।

हाम्रो सरकार र समस्त जनता सीमा विवादको समाधान कुटनैतिक विधिबाट गर्नुपर्नेमा दृढ छौं । यस्तो अवस्थामा एक युट्युब च्यानलले मलाई जोडेर अनर्गल प्रचार गरेको छ ।

मैले चीनसँग हतियार लिएर भारतसँग बदला लिनुपर्छ भन्नेजस्ता अव्यवहारिक, असान्दर्भिक तथा उत्तेजक अभिव्यक्ति दिएको भनी प्रशारित उक्त च्यानलले मेरो मानमर्दन गरेको छ ।
उक्त युट्युब च्यानलका कारण यदि कोही भ्रममा हुनुहुन्छ भने कृपया मेरा यिनै पंक्तिलाई आधार मानेर स्पष्ट हुनुहुन हार्दिक अनुरोध गर्दछु ।

वामदेव गौतम, उपाध्यक्ष, नेपाल क्म्युनिष्ट पार्टी (नेकपा)

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भर्चुअल छलफलका बेला भएको घटनाबारे पर्यटन बोर्डले क्षमा माग्यो

२०७७ असार ८, सोमबार ११:३९
Spread the loveकाठमाडौं । नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल छलफलका बेला भएको घटनाबारे क्षमा मागेको छ । बार्डले विज्ञप्ति जारी गरी मिटिङका क्रममा हृयाक भएर असामान्य परिस्थिति सिर्जना भएको उल्लेख गरेको छ । पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न आयोजना भएको छलफलका दौरान संस्कृति, पर्यटन […]