नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीले देशभर विरोध प्रदर्शन गर्ने

Spread the love

काठमाडौं । जनता समाजवादी पार्टीले नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको विरोधमा देशभर विरोध प्रदर्शन गर्ने भएको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले बुधबार विज्ञप्ति जारी गरेर असार १६ गते जिल्ला सदरमुकाम र मुख्य सहरहरूमा विरोध प्रदर्शन र सभा आयोजना गर्न लागिएको जनाएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएर प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयकका कतिपय प्रावधान विभेदकारी भएको उनीहरुको ठहर छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण

२०७७ असार १०, बुधबार १३:०२
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्की, स्याङ्जा र गोरखामा गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४२ पुगेको छ ।