राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्ने

Spread the love

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई आज साँझ छलफलका लागि शीतल निवास बोलाएकी छन् । राष्ट्रपति भण्डारीले समसामयिक विषयमा छलफल गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय ससद्का सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीलगायतलाई बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।

मुलुकमा पछिल्लो समयमा विकासित घटनाक्रम, कोरोना महामारी र लकडाउनलगायतका समसामयिक विषयहरुमा छलफल गर्नका लागि आज साँझ ५ बजेका लागि विभिन्न राजनीतिक दल र तिनका प्रतिनिधिलाई बोलाइएको हो । त्यसक्रममा राष्ट्रपतिले अंगीकृत नागरिकता विधेयक, एमसीसीलगायतका विषयमा नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वविद्यालयहरुलाई नेकपाको भर्ती केन्द्र नबनाउन नेविसंघको माग

२०७७ असार १०, बुधबार ०८:४२
Spread the loveकाठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालय लगायत सवै विश्व विद्यालयमा चाँडो भन्दा चाँडो उपकुलपति एवं पदाधिकारी नियुक्त गर्न माग गरेको छ । नेविसंघले बुधबार विज्ञप्ति जारी गरी विश्व विद्यालयहरुलाई नेकपाको भर्ती केन्द्र नबनाउन, कर्तब्यनिष्ठ प्राध्यापक डा. गोविन्द केसीसँग राज्यले गरेको सहमति पूर्ण रुपमा पालना गर्न, शैक्षिक संस्था […]