रुकुम घटनामा संलग्न २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

Spread the love

काठमाडौँ । रुकुम पश्चिमको जिल्ला अदालतले सोतीगाँउ समूहिक हत्याको घटनामा चार जनाबाहेक सबैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतले चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश विद्याराज पौडेलको इजलासले किशोरीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै आरोपितहरु इन्द्रबहादुर मल्ल, तिलबहादुर मल्ल र दिपेन्द्र चन्दलाई साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ । घटनामा संलग्न २ नाबालकलाई यसअघिकै आदेशले बाल सुधारगृहमा पठाइसकिएको छ । तीबाहेक अरु २३ जना आरोपित पुर्पक्ष थुनामा जानेछन् ।

गत आइतबार हत्याकाण्डमा संलग्न भएको भन्दै सरकारी वकीलको कार्यालयले ३४ जनाविरुद्ध अभियोग दर्ता गरेको थियो । वादीको तर्फबाट ५ जना सरकारी वकिलले, जाहेरवालाको तर्फबाट २० जना र प्रतिवादीका तर्फबाट ७ गरी ३२ जना वकिलले बहस गरेका थिए ।

गत जेठ १० गते चौरजहारी नगरपालिका–८, सोतीमा जाजरकोटतर्फबाट आएका युवामाथि सोतीका गाउँलेले आक्रमण गरेका थिए । आक्रमणमा परि ६ युवाको ज्यान गएको थियो । कथित तल्लो जातिको भएर उपल्लो जातिकी युवतीसँग बिहे गर्ने प्रयास गरेको भन्दै नवराज विक र उनका साथीहरुमाथि आक्रमण गरिएको थियो । उनीहरुको शव भेरी नेदीमा भेटिएको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोना संक्रमणबाट स्याङ्जाको सिरुवारीका ५५ वर्षीय पुरुषको मृत्यु

२०७७ असार १०, बुधबार १५:१०
Spread the loveकाठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्याङ्जाका ५५ वर्षीय पुरुषको पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका क्रममा बुधबार राति मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।