कोरोना भाइरसविरुद्धको नयाँ खोप परीक्षणमा प्रतिस्पर्धा

Spread the love

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण सुरु भएको छ । लन्डनको इम्पेरियल कलेजमा तीन सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको बीबीसीले उल्लेख गरेको छ । खोपको परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया थालिएको वैज्ञानिकले बताएका छन् ।

इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण सुरु भएको हो । जनावरमा गरिएको परीक्षणमा खोप सुरक्षित र प्रतिरक्षामा राम्रो काम गर्ने देखिएपछि मानिसमा यो परीक्षण थालिएको हो । अहिलेसम्ममा कोरोना भाइरसविरुद्धका सम्भावित १२० खोपमा काम भइरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारेको अर्को खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वभर अक्सिजनको अभाव हुन सक्ने डब्लूएचओको चेतावनी

२०७७ असार ११, बिहीबार ०२:४३
Spread the loveविश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् । अहिलेसम्म विश्वमा ९३ लाख मानिस कोरोनाबाट संक्रमित छन् भने ४ लाख ८० […]