• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चीनले नेपाली भूमि मिचेको छैनः परराष्ट्र मन्त्रालय

ByHT

Jun 25, 2020
Spread the love

काठमाडौँ । सरकारले नेपाल चीनबीच कुनै पनि समस्या नभएको बताएको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी दुई देशबीच सीमा विवाद नभएको र विवाद भए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको हो ।

विभिन्न संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्र्रेसका सांसदहरुले संसदमा मिचिएको भूमि फिर्ता ल्याउन बुधबार संकल्प प्रस्तावसमेत दर्ता गराएपछि मन्त्रालयले विज्ञप्ति जारी गरेको हो । मन्त्रालयले दुई देशबीचको आपसी सम्बन्धमा खलल पुर्याउने सीमाजस्तो संवेदनशील विषयमा सूचना पुष्टि गरेर मात्र प्रकाशन प्रशारण गर्न पनि आग्रह गरेको छ ।

Press Statement

Attention of the Ministry has been drawn to the reports in the media regarding Nepal-China boundary and encroachment of Nepali territory. The news allegedly based on the “report” of the Ministry of Agriculture and Livestock Development which that Ministry has already refuted and clarified stating that such “report” doesn’t exist and that the subject matter doesn’t fall under its jurisdiction.

It may be recalled that the boundary between Nepal and China was delineated and demarcated on the basis of the Boundary Treaty of 5 October 1961 and the subsequent protocols signed between the two countries.

Boundary Markers No. 37 and 38 reported as missing in the media reports have never been erected as agreed between the two countries owing to natural conditions.

The Government of Nepal will solve through mutual consultation between the concerned authorities of the two countries in case any issue arises. The Ministry requests the media to verify the information from the relevant authorities before commenting on such sensitive matters which may adversely affect the relations between the two friendly neighbors.

Ministry of Foreign Affairs
Singh Durbar
Kathmandu

25 June 2020

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *