• Mon. Oct 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

थप ४३४ जनामा कोरोना संक्रमण, ५०९ जना रेडजोनमा

ByHT

Jun 25, 2020
Spread the love

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ मा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ५४३ जनाको परीक्षण गरिएको छ भने आरडिटीबाट ४ हजार १६७ जनाको कोरोना परीक्षण गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७४ हजार २२ जना रहेका मन्त्रालयले जनाएको छ । त्यस्तै बिहीबार ३१२ जना डिस्चार्ज भएका र योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार ६५० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ५०९ रेडजोनमा रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *