विश्वभर अक्सिजनको अभाव हुन सक्ने डब्लूएचओको चेतावनी

Spread the love

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितको संख्या एक करोड पुग्न लागेसँगै विश्वभर अक्सिजनको अभाव हुन सक्ने चेतावनी दिएका छन् । बुधबार टेड्रोस एडहानोम गेबेरियसले विश्वभर अक्सिजन कंस्नट्रेटर (अक्सिजन दिने मेशिन)को समेत अभाव हुनसक्ने चेतावनी दिएका हुन् ।

अहिलेसम्म विश्वमा ९३ लाख मानिस कोरोनाबाट संक्रमित छन् भने ४ लाख ८० हजारको ज्यान गइसकेको छ । प्रत्येक हप्ता १० लाख बढी नयाँ संक्रमित देखा परेका छन् । यसकारण प्रत्येक दिन विश्वमा ८८ हजार बढी अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजन जरुरी छ ।

संक्रमणका मामलाको वुद्धिसँगै अक्सिजन दिने मेशिनको कमी हुन गएको छ जुन कोरोना संक्रमित व्यक्तिका लागि श्वास लिन जरुरी पर्छ । टेड्रोसने विश्व स्वास्थ्य संगठनले अहिलेसम्म १४ हजार अक्सिजन कंस्नट्रेटर खरिद गरेको छ त्यसलाई १२० देशमा पठाउने तयारी छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्वमा ९५ लाख २७ हजार भन्दा बढीलाई कोरोना संक्रमण

२०७७ असार ११, बिहीबार ०३:५७
Spread the loveविश्वभर ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । ९५ लाख २७ हजार ७ सय ५६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५१ लाख ७५ हजार ४ सय १५ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्य ४ लाख ८४ हजार ९ सय ७२ जनाको […]

समाचार छुट्याे की?