विश्वमा ९५ लाख २७ हजार भन्दा बढीलाई कोरोना संक्रमण

Spread the love

विश्वभर ५१ लाख ७५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । ९५ लाख २७ हजार ७ सय ५६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएकामा ५१ लाख ७५ हजार ४ सय १५ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्य ४ लाख ८४ हजार ९ सय ७२ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ३८ लाख ६७ हजार ३ सय ७८ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५८ हजार ४ सय २१ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा २४ लाख ६२ हजार ५ सय ५४ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख २४ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये १० लाख ४० हजार भन्दा बढी निको भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर मकवानपुरमा दुई जनाको मृत्यु

२०७७ असार ११, बिहीबार ०४:१०
Spread the loveहेटौँडा । मकवानपुरमा चट्याङ लागेर दुई महिलाको मृत्यु र एक जना घाइते भएका छन् । गएराति अविरल वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका २ स्थित कालापानीका बुद्ध घिसिङकी १७ वर्षीया छोरी सम्झना घिसिङ र आशालाल घिसिङकी २५ वर्षीया श्रीमती विना घिसिङको मृत्यु भएको हो । सम्झनाको घरमा बसिरहेको […]