लागुऔषध अवैध ओसारपसार रोक्न समुदायको सहकार्य आवश्यकः गृहमन्त्री

Spread the love

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताएका छन् ।

प्रत्येक वर्ष जुन २६ मा मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिएका हुन् ।

कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उनले प्रशंसा गरेका छन् । लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काभ्रेको रोशीबाट लाखौँको बुद्धचित्तको माला लुटपाट

२०७७ असार १२, शुक्रबार ०५:२५
Spread the loveबनेपा । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समुहले लाखौँको बुद्धचित्त माला लुटपाट गरेको छ । बिहीबार राति ५०/६० जनाको समूहमा आएको अतियारधारी समूहले स्थानीय बीरबहादुर तामाङको लाखौँको माला लुटेको प्रहरीले जनाएको छ । राति दश बजेतिर आएको समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा […]

समाचार छुट्याे की?