• Sun. Nov 29th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

विश्वमा ५२ लाख ४७ हजार कारोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज

ByHT

Jun 26, 2020
Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९१ हजार नाघेको छ । ९७ लाख ११ हजार ३ सय १४ जना कोरोनाको सङ्क्रमण पुष्टि भएका मध्ये ४ लाख ९१ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५२ लाख ४७ हजार १ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमित मध्ये ३९ लाख ७२ हजार ३ सय ४३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५७ हजार ६ सय भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरले उल्लेख गरेको छ ।

यस्तै कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १ लाख २६ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । २४ लाख ४ हजार ५ सय ८८ जना संक्रमित भएका छन् । जसमध्ये १० लाख ५२ हजारभन्दाबढी कोरोनामुक्त भएका छन् । यस्तै, ब्राजिलमा कोरोना संक्रमणका १२ लाख ३३ हजार बढी संक्रमित छन् भने ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *