सरकारको अनुमतिपछि मात्रै एप डाउनलोड र प्रयोगको व्यवस्था मलाउन संसदीय समितिको निर्देशन

Spread the love

काठमाडौं । संसदीय समितिले नेपाल भित्र प्रयोग हुने एप तथा समाजिक सञ्जालको प्रयोग नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड तथा प्रयोग गर्न दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदको विकास तथा प्रविधि समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति कल्याणी नेपाल भित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा गोपनियता र उपयोगिताको हिसाबले उपयुक्त रहेको नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइन् । समितिले सरकारी कागजपत्र र सूचनाहरुको चुहावट तथा दुरुपयोग हुने गरेको भन्दै आधिकारीक माध्यमबाट मात्रै सूचना प्रवाह गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।

नेपाल सरकारका सबै निकायका जिम्मेवार पदाधिकारीहरुलाई सूचना प्रविधि सम्बन्धी विद्युतीय सञ्चारका साधनहरुको प्रयोग र यस बारेमा सचेतनाका लागि आवश्यक कानूनको तर्जुमा गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै सरकारी वेबसाइट अनिवार्य अडिट गर्न र सरकारी डोमेन नेम निजी क्षेत्रबाट नभई सरकारी निकायबाटै लिने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘कोरोना जन्तर’ बारे नेकपाका नेताबाटै सुनौं ?(भिडियोसहित)

२०७७ असार १२, शुक्रबार १५:१५
Spread the loveकाठमाडौँ । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा नेताहरुले एउटा कार्ड भिरेका थिए । त्यो कार्डलाई लिएर सामाजिक संचालमा धेरै टिप्पणी तथा आलोचना भएको छ । कतिपयले कार्डको विषयलाई लिएर हासीमजाकको विषयसमेत बनाएका छन् । नेकपाकै स्थायी कमिटीका एक जना सदस्यले ‘कोरोना जन्तर’ के हो भनेर […]