चिनियाँमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

Spread the love

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको बताएका छन् ।

नयाँ प्रतिबन्ध सिसीपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने विदेश मन्त्री पोम्पेओले बताए । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताएका थिए । केही दिनपछि चीनको संसद बैठक बस्दैछ । नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानूनमाथि छलफल गर्ने छ ।

सो बैठक आइतबारदेखि सुरु हुनेछ । नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'कोरोना जन्तर' कति विश्वसनिय ?

२०७७ असार १३, शनिबार ०२:५८
Spread the love– डा. रवीन्द्र पाण्डे| हिंजोदेखि नेपालमा कोरोना जन्तरको चर्चा चुलिएको छ | के हो त यो जन्तर ? जापानको एउटा कम्पनीले क्लोरिन क्लोरिन डाइअक्साइड प्रोड्युसर, ग्यास स्टेइन रिलिज एजेन्ट, ब्याम्बो कार्बनजस्ता रसायनहरू राखेर घांटीमा झुन्ड्याउने परिचय पत्रजस्तो डिभाइस ३-४ महिना पहिले निकालेको थियो | यसलाई जापान, हंगकंग, चीन, भियतनाम, […]