कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Spread the love

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । नेपाली कांग्रेसको आइतबार बसेको पदाधिकारी बैठकले १६ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।

पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए ।

कोरोनाका कारण रोकिएका सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउँदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यसअघि नै तोकिसकेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माथिल्लो तामाकोशी आयोजनाको अर्को खुड्किलो यसरी भयो पार

२०७७ असार १४, आईतवार १५:३७
Spread the loveविमल गुरुङ । माथिल्लो तामाकोशीको आयोजनाकै सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण अर्को करिब १,००० फीट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्ट (Upper Penstock Shaft) को अन्तिम पाइप राख्ने कार्य आइतबार सम्पन्न भई आयोजनाकै एक अर्को खुड्किलो (Milestone) पार भएको ऐतिहासिक पलमा थप खुसी लागेको छ । करिब १,२०० फीट […]