‘प्रधानमन्त्री ओलीलाई हटाउने उचित बेला चैं कैले रच हँ ?’

Spread the love

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने उपयुक्त समय कहिले हो ?’ भनी प्रश्न गरेका छन् । सामाजिक संजालमार्फत भट्टराईले बहुमत प्राप्त दलका प्रधानमन्त्रीलाई हटाउने प्रावधान सजिलो नभएको भन्दै पार्टीले मात्र हटाउन सक्ने बताएका छन् ।

मदन जयन्तीको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारत सक्रिय भएको बताएपछि भट्टराईले यस्तो लेखेका हुन् ।

उनले लेखेका छन्,‘बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन । तर अहिले हटाए नक्सा छापेको करणले हुने ! भोलि सलहले दुःख दिएको बेला हुने ! पछि बाढीपैरो आएको बेला हुने ! अलिपछि दशैंतिहारको बेला हुने ! अनि जाडोको बेला हुने ! उचित बेला चैं कैले रच हँ ?’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

२०७७ असार १४, आईतवार १३:०२
Spread the loveकाठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार १६ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । नेपाली कांग्रेसको आइतबार बसेको पदाधिकारी बैठकले १६ गते दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल […]

समाचार छुट्याे की?