मलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भयोः प्रधानमन्त्री

Spread the love

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने खेल सुरु भए पनि त्यो सम्भव नभएको बताएका छन् । मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा आइतबार भएको कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई हटाउन होटलमा गतिविधि भएका र दूतावास सक्रिय भएको दाबी गरेका हुन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नक्सा छापेपछि आफूविरुद्ध षड्यन्त्र भएको प्रधानमन्त्रीले दाबी गरेका छन् । उनले आजका लागि नभई भोलिका लागि पनि आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘अहिले केपी ओलीलाई हटाउनुपर्छ भनेर खुला दौडधूप भएका छन् । भित्रभित्र यस्तो अपराध गर्ने मान्छेलाई राख्नुहुन्न भन्न थालिएको छ । नक्सा छापेकोलाई अपराध भनेका छन् । मलाई हटाउन होटलहरुमा गतिविधि भएका छन् । राजदूतावासमा सक्रियता बढेको छ ।’ प्रधानमन्त्रीले नक्सा छापेबापत कसैले प्रधानमन्त्रीलाई हटाउँछु भनेर सोचेको भए पनि नेपालको राष्ट्रियता कमजोर नभएको बताए ।

प्रधानमन्त्रीले आफूलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन नभए पनि अहिले हटिँदिदा आगामी दिनमा नेपालको पक्षमा बोल्दा अर्को प्रधानमन्त्री हट्नुपर्ने अवस्था आउने बताए । त्यस्तै प्रधानमन्त्री ओलीले नेकपा र संसदीय दल पनि कसैको बहकावमा नकुद्ने बताए । उनले भने, ’नेकपा पार्टी र संसदीय दल पनि बहकावमा कुद्दैन । यति बुझे हुन्छ, नक्सा भूलचुकले छापिएको होइन ।’

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप ४६३ जनामा कोरोना संक्रमण

२०७७ असार १४, आईतवार १०:२८
Spread the loveकाठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६३जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या १२,७७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४९६२ जनाको पीसीआर विधिबाट र २७३२ जनाको […]