• Wed. Dec 2nd, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

अनिवार्य होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई मात्रै उपत्यका भित्रिन दिइने

ByHT

Jun 29, 2020
Spread the love

काठमाडौं । कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।

सीसीएमसीको सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार १४ दिन होम क्वारेन्टिनमा बस्नेगरी स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएर होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धता भएमात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए ।

त्यस्तै हवाई तथा स्थलमार्गबाट आउने सबैमा सो निर्णय लागू हुने उनले बताए । सीसीएमसीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ । त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

सीसीएमसीले विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ । आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजीकरणका लागि निर्णय गर्न सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गर्ने पनि सचिव गुरागाईले बताए ।दैनिक संक्रमितको संख्या चारदेखि सात सयकोको बीचमा किन ?

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *