• Sat. Oct 31st, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २५ हजार भन्दा बढीको मृत्यु

ByHT

Jun 29, 2020
Spread the love

विश्वमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यसै गरी दोस्रो बढी प्रभावित मुलुक ब्राजिलमा हालसम्म १३ लाख १३ हजारभन्दा बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या पनि ५७ हजार नाघिसकेको छ । विश्वमा तेस्रो बढी संक्रमित रहेको मुलुक रुसमा ६ लाख ३३ हजार बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या केही कम रहेको छ । रुसमा हालसम्म ९ हजारभन्दा बढीको मृत्यु भएको छ ।

मृत्यु दरका आधारमा बेलायत तेस्रो स्थानमा रहे पनि संक्रमण दर भने बेलायतमा घट्दो छ । बेलायतमा हालसम्म ३ लाख १२ हजार भन्दा बढी संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या ४३ हजार ६ सयभन्दा बढी छ । पछिल्लो समय पेरु, चिली, मेक्सिको लगायतका मुलुकमा संक्रमण तीब्र गतिमा बढिरहेको छ । पछिल्लो ६ दिनमा मात्रै विश्वमा १० लाखभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *