फेक न्यूज उत्पादन गर्ने कारखानाको खोजी गर्दैछौंः परराष्ट्रमन्त्री ज्ञवाली

Spread the love

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने फेक न्यूज उत्पादन गर्ने कारखानाको खोजी भइरहेको बताएका छन् । सोमबारको राष्ट्रियसभामा बैठकमा मन्त्री ज्ञवालीले त्यो प्रतिवेदन कसले कहाँ बनाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका हुन् ।

उनले तथाकथित प्रतिवेदनसँग सम्बन्धित व्यक्तिको पहिचान गरी कारवाहीको दायरामा ल्याइनेसमेत बताए । भारतसँग सीमा विवादका कारण पश्चिमको त्रिदेशिय सीमा स्तम्भ कायम नभएको बाहेक चीन सँगै कुनै ठाउँमा पनि सीमा समस्या नभएको उनले बाए । ज्ञवालीले भने, ‘दुई देशको सम्बन्धलाई गम्भीर प्रभाव पार्ने यस्ता खालका फेक न्यूजहरु कसरी कुन कारखानाबाट आए, कसरी सर्कुलेट भए भन्ने विषयमा खोजी गरिरहेका छौं । त्यसमा संलग्नलाई कानुनी दायरामा ल्याउँछौं ।’

मन्त्री ज्ञवालीले गोरखाका रुई गाउँमा चीनले अतिक्रमण गरेको भन्ने विषय सही नभएको बताए । उनले दुई देशको सीमाकंन हुनुभन्दा अघिनै स्वेच्छाले रुई गाउँका बासिन्दा चीनतिर गएको बताए ।

उनले सीमा स्तम्भ निर्माण गरेपछि त्यहाँका १ सय १० घर परिवारमध्ये ६० परिवारले चीनतर्फ र ४० परिवार नेपालको सामागाउँ तिर रोजेका बताए । उनले भारतसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गर्दै वार्ताका लागि आफूहरु उपयुक्त समयको पर्खाइमा रहेको बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले हटाउन खोजेको प्रधानमन्त्रीको अभिव्यक्तिबारे नेकपाले प्रष्ट्याउनुपर्छः प्रवक्ता शर्मा

२०७७ असार १५, सोमबार ०८:५९
Spread the loveकाठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले आफूलाई भारतले हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे सत्तारूढ नेकपाले प्रष्ट्याउनु पर्ने बताएको छ । सोमबार ट्वीट गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भारतले हटाउन खोज्दैछ भन्ने प्रधानमन्त्रीले नै भनेपछि नेकपाले यसबारे देशलाई प्रष्ट्याउन जरूरी भएको बताएका हुन् । उनले लेखका छन्, […]