काठमाडौं । ललितपुरको पुल्चोकस्थित स्टार अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
शनिबार मृत्यु भएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ आएको हो । उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो । उनको मृत्यु भएपछि शनिबार राति नै स्वाब संकलन गरिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।