• Tue. Oct 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

ByHT

Jun 30, 2020
Spread the love

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका जारी स्थायी कमिटी बैकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएको छ । तीन दिनअघि आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतल खोजिरहेको अभिव्यक्ति दिएका प्रधानमन्त्री ओलीको मंगलबारको पार्टी बैठकमै राजीनामा माग भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा दिल्लीले नभई आफूले मागेको भन्दै राजीनामाको माग गरेका थिए ।

उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको आधार के हो भन्ने पनि प्रश्न गरेका थिए । बैठकमा बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालले पनि प्रधानमन्त्री ओलीले राजीनामा माग गरेका छन् । बैठकको सुरुमा बोल्दै अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र खनाल तथा उपाध्यक्ष बामदेव गौतमले सरकारले काम गर्न नसकेकाले त्यसले पार्टीलाई गम्भीर धक्का लागेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिएर निकास दिन माग गरेका एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

बैठकमा भारतले हटाउन लागेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिकाबारेमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले सरकारको कामको समीक्षा, राजीनामा लगायतका विषयमा छलफल भएको र बुधबारको बैठकमा थप छलफल हुने बताए । त्यस्तै दुई दिन अघि नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न गएको र त्यसमा नेकपाका नेता कार्यकर्ता भए नभएको बारेमा बैठकमा छलफल भएको बताए । प्रवक्ता श्रेष्ठका अनुसार निर्वाचन आयोगमा झापाकी सन्ध्या तिवारी आफ्नो अध्यक्षतामा पार्टी गठनका लागि आवेदन दिन गएकी थिइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *