अनुदानस्वरुप एडिबीले नेपाललाई ३६ करोड रुपैयाँ दिने

Spread the love

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड रुपैयाँ अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त विपद् प्रतिकार्य कोषबाट नेपाललाई उक्त रकम उपलब्ध गराउन स्वीकृति गरिएको बैंकको देशीय कार्यालयले जनाएको छ ।

जापान सरकारद्वारा कोषमा दाखिला भएको उक्त रकम सीमाक्षेत्रस्थित क्वारेन्टिनको सुधार तथा प्रभावकारी व्यवस्थापन, प्रयोगशाला र चिकित्सा उपकरण, औषधि एवं सङ्क्रमण नियन्त्रण सामग्री खरिदका निम्ति प्रदान गरिएको हो ।

यसअघि पनि एडिबीले तीन करोड ६० लाख स्वास्थ्यकर्मी तथा कोरोनाविरुद्ध अग्रपङ्क्तिमा रहेर खटिएकाहरुलाई आपत्कालीन स्वास्थ्य सामग्री खरिद गर्न प्रदान गरेको थियो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्का बर्खास्त

२०७७ असार १७, बुधबार ०८:३४
Spread the loveकाठमाडौँ । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई बर्खास्त गरेको छ । बुधबार सैनिक अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको हो । नेपाली सेनाले जारी गरेको विज्ञप्ति १. आज मिति २०७७ आषाढ १७ गते बसेको समरी जनरल सैनिक अदालतबाट अनुशासन तथा […]

समाचार छुट्याे की?