कोरोना संक्रणबाट विश्वमा ५ लाख १३ हजार भन्दा बढीको मृत्यु

Spread the love

विश्वभर ५७ लाख ९५ हजार भन्दाबढी कोरोना संक्रमित उपचार पछि निको भएका छन् । १ करोड ५ लाख ८५ हजार ६ सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा ५७ लाख ९५ हजार ६ सय ५१ जना कोरोनामुक्त भएका छन् । यस्तै संक्रमितमध्ये ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भईसकेको वल्डोमिटरमा उल्लेख छ ।

संक्रमितमध्ये ४२ लाख ७६ हजार ७७ जना विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्य ५७ हजार ७ सय ८८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस्तै, सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २७ लाख २७ हजार ८ सय ५२ जनामा सङ्क्रमण देखिएको छ भने १ लाख ३० हजार १ सय २२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ११ लाख ४३ हजार भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा १४ लाख ८ हजार बढी, रसियामा ६ लाख ४७ हजार, भारतमा ५ लाख ८५ हजार, बेलायतमा ३ लाख १२ हजार बढी संक्रमित भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनद्वारा हङ्कङमा नयाँ सुरक्षा कानुन लागू

२०७७ असार १७, बुधबार ०४:४८
Spread the loveहङ्कङका नागरिकले चीनले लागु गरेको नयाँ सुरक्षा कानुन भङ्ग गरेमा आजीवन जेल सजाय भोग्नुपर्ने हुनसक्छ । मङ्गलवार लागू हुनुभन्दा केही घण्टाअगाडि मात्र उक्त विवादास्पद कानुनको विस्तृत विवरण सार्वजनिक भएको हो । बढ्दो अशान्ति र प्रजातन्त्रका पक्षधरमा निरन्तर भइरहेको आन्दोलनका माझ बेइजिङद्वारा यो कानुन ल्याएको हो । नयाँ कानुनले […]