• Thu. Nov 26th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेकपाको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित

ByHT

Jul 2, 2020
Spread the love

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक शनिबार सम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै शनिबार विहान बस्ने गरी बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले छलफल गर्ने र संकट समाधान गर्न अधिकतम् कोसिस गर्ने उनले बताए । संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका थिए । त्यसपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *