• Fri. Nov 27th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

नेपालको राजनीति तान्त्रिक पद्धतिबाट सञ्चालित

ByHT

Jul 2, 2020
Spread the love

सुरेश आचार्य ।

प्रमं ओलीलाई पदबाट हटाउन केही गार्हो छैन, थुप्रै छन् उपाय ! नेकपा दलभित्र, संसदमा र अदालतबाट समेत हटाउने बाटो निस्कन सक्छ ! तर नेपालमा २०६२|६३ पछि “राजनीतिक निर्णय” संविधान, संसद र जनादेश भन्दा माथि रहॅदैआएको हुदा यस पटक पनि “राजनीतिक निर्णय” बाटै ओलीलाई राख्ने वा फ्याक्ने काम हुनेछ ।

अहिले संसदभित्र र बाहिर समेत, सत्तापक्षीय दल ओलीको पक्ष र विपक्षमा विभाजित छन्, भने अधिकांश विपक्षी दल (नेका र कमलथापाको राप्रपादेखि चित्रबहादुर केसी र विजुक्छेको मादलसम्म) प्रमं ओलीको समर्थनमा तछाडमछाड गरेर लामबद्ध उभिएका छन् ! यो चाहि प्रमं ओलीले अदभूत “तन्त्रमन्त्र” गरेको मान्नैपर्छ । यति “तन्त्रमन्त्र” गर्न खप्पिस नेताले आफ्नै दलका विपक्षीहरूलाई पनि “तन्त्रमन्त्र” गरेर तह नलगाउलान् भनी भन्न सकिन्न ! एक्लै आफ्नो गन्तव्य हिड्ने ओलीको अद्भूत सामर्थ्य पहिलेदेखिकै हो ! झापाको व्यक्तिहत्याको श्रृंखलाबाट राजनीतिमा प्रशिक्षित ओलीले आफ्ना सबै भविष्यका संभावित राजनीतिक प्रतिस्पर्धीहरूलाई एक-एक गरी पाखा लगाउॅदै निस्तेज पारेर नेकपाभित्र एकल साम्राज्य खडा गर्न सफल भएका छन् । अव अहिलेको कथित वारपारको नेकपाभित्रको महाभारत लडाईमा हेरौ ऊटले कुन कोल्टे फेर्छ ! तर नेपालको राजनीतिले वैधानिक बाटोबाट नहिडी “राजनीतिक निर्णय” बाटै निकास खोज्ने गरेकाले सदाझैं जनप्रतिनिधि र जनता पुन: एक पटक “कुइरोको काग” प्रमाणित हुनेछन्, वा त्यो पुष्टि गरेर देखाइनेछ ! नेपालमा जनतामा निहीत सार्वभौमिकता यही नै हो, यसभन्दा बढी कसैले अपेक्षा गर्नु स्वास्थ्यको लागि हानिकारक छ !

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *