Prime Minister KP Sharma Oli briefing President Bidya Devi Bhandari about his visit to India at the latter's Office in Sheetal Niwas on Thursday, February 18, 2016. Photo: RSS
काठमाडौं । मन्त्रिपरिषद बैठक अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच अहिले भेटवार्ता भइरहेको छ ।
प्रधानमन्त्री ओली विहान ११ बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । पार्टीको स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा मागिएपछि प्रधानमन्त्री प्रायः दिनहुँजसो राष्ट्रपतिलाई भेट्न जाने गरेका छन् ।
आजको भेटमा पनि पार्टीभत्रको विकसित घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल भएको अनुमान गरिएको छ । पार्टीको स्थायी कमिटी बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको थियो । तर प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न गएकाले सुरु भएको छैन ।प्रधानमन्त्रीले मध्यान्ह १२ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।