• Fri. Oct 30th, 2020

हिमालयन ट्रिबुन

चाखलाग्दा खबर, विश्लेषणात्मक बिचार

चीनतर्फ संकेत गर्दै मोदीले भने- विस्तारवादको युग सकियो

ByHT

Jul 3, 2020
Spread the love

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार विवादित सीमा क्षेत्र लद्दाख पुगेका छन् । मोदीसहित भारतीय स्थल सेनाका प्रमुख मनोज मुकुन्द नरभाने र चीफ अफ डिफेन्स स्टाफ विपिन रावत लद्दाखको लेह पुगेका हुन् ।

मोदीले लेह पुगेर त्यहाँका सैनिकसँग पछिल्लो अवस्थाबारे जानकारी लिएका छन्। त्यसक्रममा मोदीले चीनतर्फ संकेत गर्दै विस्तारवादको युग सकिएको बताए । उनले यो विकासवादको युग भएको बताए ।

भारत चीनको सीमा क्षेत्र लद्दाखको गलवान घाटीमा दुई देशका सेनाबीच भएको ह्रिंस्रक झडपमा भारतीय कर्णेलसहित २० जना सेनाले ज्यान गुमाएपछि भारत चीन सीमा विवाद उत्कर्षमा पुगेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार सीमामा गतिरोध हटाउनका लागि आह्वान गरेको भए पनि तनाव मत्थर बनाउने प्रक्रियालाई निकै समय लाग्ने बताइएको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *