नेकपाको स्थायी कमिटी बैठक स्थगित

Spread the love

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटीको आज निर्धारित बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक सोमबारसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमै रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।

शुक्रबार दुवै अध्यक्षले तीन घण्टा छलफल गरेका थिए भने शनिबार स्थायी कमिटी बैठक बस्नु अघि फेरि छलफलमा जुट्ने बताइएको थियो शुक्रबारको छलफलमा दुबै अध्यक्ष पुरानै अडानमा रहेका कारण कुनै सहमति भएको थिएन । स्थायी कमिटीका बहुमत सदस्य ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद त्याग्नु पर्ने पक्षमा छन् ।

तर ओली दुबै पद नछाड्ने अडानमा छन् । यही विवादका बीच प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेका छन् भने अध्यादेश ल्याएर दल विभाजन गर्ने आशंक समेत गरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गण्डकी प्रदेशमा एकैदिन थपिए २५ जना कोरोना संक्रमित

२०७७ असार २०, शनिबार ०५:१५
Spread the loveकाठमाडौं । गण्डकी प्रदेशमा शनिबार २५ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ, म्याग्दी, कास्की, तनहुँ, स्याङ्जा र नवलपरासीमा गरी थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०८८ पुगेको […]

समाचार छुट्याे की?