थप १८० जनामा कोरोना संक्रमण, ६,८११ जना डिस्चार्ज

Spread the love

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना संक्रमितको संख्या १५,९६४ पुगेको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४,७२१ जनाको नमुना परीक्षण गरिएको छ । त्यस्तै क्वारेन्टाइन रहनेको संख्या २९,२१५ छ भने आइसोलेसन ९,११८ छन् । पछिल्लो २४ घण्टामा २६४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ६,८११ पुगेको छ । त्यस्तै रेडजोनमा ५१९ जना रहेका मन्त्रालयले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पीसीआर परीक्षण बढाउन सरकारलाई दवाव दिऔं

२०७७ असार २२, सोमबार १०:४४
Spread the love– डा. रवीन्द्र पाण्डे| .. – संक्रमित जिल्लाबाट विभिन्न भित्रि बाटो हुँदै हजारौं व्यक्तिहरु काठमाडौं आइरहेका छन् | उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छैन | – काठमाडौं उपत्याकाका अधिकांश अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपूर्व PCR टेस्ट गर्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ | – काठमाडौंका हरेकजसो ठाउँमा संक्रमित […]

समाचार छुट्याे की?