विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एक करोड १५ लाख ५६ हजार हजार ७ सय ८८ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ५ लाख ३६ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ । यसैगरी, संक्रमितमध्ये ६५ लाख ३५ हजार ४ सय ९२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
वल्डोमिटरको तथ्याङ्क अनुसार अझैपनि विश्वभर ४४ लाख ८५ हजार भन्दाबढी मानिसहरु विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । उनीहरुमध्ये ४४ लाख २५ हजारको अवस्था सामान्य छ भने ५८ हजार ५ सय ४० जनाको अवस्था गम्भीर रहेको छ ।
कोरोनाभाइरसकै कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म २९ लाख ८२ हजार ९ सय बढी मानिसहरु संक्रमित भएका छन् भने १ लाख ३२ हजार ५ सय बढीको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा १६ लाख ४ हजार ५ सय ८५ संक्रमित भएका छन् । जसमध्ये ६४ हजार ९ सयको मृत्यु भएको छ ।